सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने

By खबरहब

January 21, 2022

काठमाडौं – सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ । राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ ।

प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न भने समय लाग्ने प्रहरीले जानकारी दिएको छ। पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

यो सडकखण्डमा पहिलो खसेर समयसमयमा सडक अवरुद्ध हुँदै आएको छ । तस्बिर सौजन्य: भरत रिमाल