सांकेतिक तस्बिर

समाचार

बैतडीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु

By खबरहब

January 21, 2022

बैतडी – मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो।

बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।