समाचार

सिम भञ्ज्याङमा हिमपात हुँदा सवारी अबरुद्ध

By खबरहब

January 21, 2022

काठमाडौँ – मकवानपुरको सिमभञ्ज्याङमा पुनः हिमतपात भएको छ।

बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।