समाचार

धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना

By खबरहब

January 21, 2022

जनकपुर -तीव्रगतिमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उनले बताए ।