क्रिकेट

सुर्खेत जिल्ला क्रिकेट सङ्घमा नयाँ नेतृत्व

By खबरहब

January 21, 2022

वीरेन्द्रनगर – सुर्खेत जिल्ला क्रिकेट सङ्घको चुनावी साधारणसभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

वीरेन्द्रनगरमा विहीबार सम्पन्न साधारणसभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

क्रिकेट सङ्घ जिल्ला अधिवेशन निर्वाचन समितिका अनुसार उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुसाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भए।

सदस्यमा पदमबहादुर खड्का, नरेशसिं थापा, सूर्यविक्रम थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनकविक्रम शाही, भुवन कोइराला, रोशन शाही, विदुर केसी र सम्राट राई चयन भएका छन्।