मनोरञ्जन

‘गेम’को गीत रेकर्ड

By खबरहब

January 21, 2022

काठमाडौं–नयाँ नेपाली फिल्म ‘गेम’ को गीतको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ । गायक राजेशपायल राई र गायिका मिलन नेवारको स्वरमा गीत रेकर्डको काम सुरु गरिएको हो ।

उनीहरुको गीतमा अपेक्षा सिग्देल(यशोदा)को शब्द तथा संगीत र गणेशकुमार चौधरीको संगीत संयोजन छ ।

टेक पौरखीको निर्देशन रहने फिल्म काठमाडौं तथा सिक्किमका विभिन्न स्थानमा छायांकन गरिनेछ । फिल्मका लागि अभिनेता दयाहाङ राईसँग कुराकानी भइरहेको निर्माण पक्षले जनाएको छ । फिल्ममा नरेन गुरुङ र कृष्ण कुमारको लगानी रहनेछ ।