सांकेतिक तस्बिर

समाचार

दुई फरार अभियुक्त पक्राउ

By खबरहब

January 21, 2022

परासी- प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा विगत छ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीका अनुसार जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा विसं २०७२ माघ २४ गते फैसला भई तत्काल जनही रु पाँच हजार जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।