फाइल तस्बिर

समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

By खबरहब

January 21, 2022

चितवन – पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो ।

तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए ।

झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ ।