समाचार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण

By खबरहब

January 21, 2022

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार २७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । त्यसक्रममा एकैदिन ६ पुरुष र ६ जना महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । योसँगै उक्त नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये २५ पुरुष र ११ जना महिला रहेका नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको जनाइएको छ । जिल्लामा पछिल्लोसमय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको पाइएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेका छैनन् । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।