सांकेतिक तस्बिर

समाचार

२२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 21, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १९४ कोरोना संक्रमितको आईसीयूमा र ३५ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३५ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११५ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १९ जना आईसीयूमा, लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।