समाचार

पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण

By खबरहब

January 21, 2022

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ ।

संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं । पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल गेटमा धर्ना दिने छ,’ संघका अध्यक्ष जन्मदेव जैशीले भने ।

व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी आइतबार श्रमजीवी-पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट ठोस निर्णय गरेर न्यायका लागि पहल गर्ने अस्पताल प्रशासनले बचन दिएको उनले बताए ।