फाइल फोटो

अन्तर्राष्ट्रिय

दैनिक थपिने कोरोना संक्रमितभन्दा ५ लाख बढी निको

By खबरहब

February 21, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा थपिने संक्रमितभन्दा ५ लाख बढी निको भएका छन् ।

वर्ल्डमिटरकाअनुसार १२ लाख १८ हजार ६५ जना कोरोना संक्रमित थपिँदा १७ लाख १० हजार ३८४ जना निको भएका हुन् ।

निको हुनेमा रुसमा एक लाख ४७ हजार, अमेरिकामा एक लाख ८ हजार, बेलायत र ब्राजिलमा ९८–९८ हजार, टर्कीमा ९१ हजार र जर्मनीमा ७८ हजार छन् ।

थपिनेमा रुसमा एक लाख ७० हजार, जर्मनीमा एक लाख ४ हजार, टर्कीमा ७० हजार, ब्राजिलमा ४० हजार, बेलायतमा २५ हजार र अमेरिकामा १२ हजार छन् ।

यही अवधिमा ५ हजार २०१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७४५, ब्राजिलमा ४२४, टर्कीमा २६३, अमेरिकामा २२१ र बेलायतमा ७४ जना छन् ।