रोचक/विचित्र संसार

बेहुलीले पाहुनालाई लगाइन् यति धेरै नियम

By खबरहब

February 21, 2022

यतिबेला बिहेको सिजन चलिरहेको छ । हरेककालागि विवाह जीवनको महत्वपूर्ण भाग हुन्छ । त्यसैले हरेकले विवाहका लागि विशेष तयारी गर्छन् । यस्तैमा एक बेहुलीको बिहे अहिले चर्चा छ । उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि अचम्मको नियम बनाउँदै त्यसको पालना नगर्नेलाई नराम्रो व्यवहार गरिने बताएपछि चर्चा चुलिएको हो ।

जस्मिन क्रुज नामकी एक महिलाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा सूची शेयर गरिन् । जसमा उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि नियम बनाएकी छन् र ती नियम पालना गर्न पाहुनालाई भनेकी छन् ।

ती बेहुलीले बनाएको पहिलो नियममा बच्चाहरू विवाहमा निषेध गरिएको छ अर्थात् पाहुनाले बच्चा ल्याउन पाउने छैनन् । यसमा केही छुट भने दिइएको छ । बेहुलीले छोराछोरी घरमा छाड्न नसक्ने र विवाहमा ल्याउन बाध्य भए ल्याएर पनि आफूसँगै राख्नुपर्ने र विवाहको क्रममा उनीहरूलाई एक पल पनि छाड्नु नहुने नियम लगाएकी छन् ।

ती बेहुलीले बनाएको विवाहको नियममा सबैभन्दा अचम्मको नियम हो, विवाहमा आउने कुनै पनि पाहुनाले सेतो लुगा लगाउन पाउने छैनन् । आफ्नो पहिरन सेतो रङ्गको हुने भएकोले बेहुलीले पाहुनाले सेतो लुगा लगाएर आउन नपाउने नियम बनाएकी हुन् । नियम उल्लंघन गर्नेलाई रेड वाइनको पूर्ण बोतल खन्याइने उनले दण्ड पनि तोकेकी छन् ।

यसबाहेक बेहुलीले मदिरा पिउनेहरूलाई आफ्नो बिहेमा नआउन आग्रह गरेकी छन् । बेहुलीले बिहेमा निम्तो नपरेकाहरू समेत गल्तीले पनि आउन नहुने नियम लगाएकी छन् ।