खेलकुद

भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

By खबरहब

February 21, 2022

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ ।

भ्रमणकारी क्याटलान क्लब बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले दुई गोल गर्दा फ्राङ्क्लिन डि जोङ र पेड्रीले एक गोल गरे ।

५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे । जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा छ। भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा छ ।