आर्थिक

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

By खबरहब

February 21, 2022

काठमाडौँ – नेपाली बजारमाा सुनको भाउ आज (सोमबार) प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।