फाइल फोटो

टिप्स

टाउकोमा चाया हुनै नदिन के गर्ने, भइहाले कसरी हटाउने ?

By विना न्यौपाने

February 21, 2022

मानिसको टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । त्यसक्रममा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ।

चाया पर्ने कारण 

कपालमा तेल धेरै हुँदा । फङ्गस । हर्मोनमा हुने परिवर्तन । वंशाणुगत  । लामो समयसम्म ननुहाउनु । घाममा धेरै बस्दा । टाउकोमा धेरै पसिना आएमा। टाउकोलाई गुम्स्याएर राख्दा । चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा। अरूले प्रयोग गरेको टावेल प्रयोग गर्दा। कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा । थकान र चिन्ता ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?

चायाका कारण टाउकोमा घाउ भएमा। धेरै चिलाएमा। छाला खुइलिन थालेमा। कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

बच्ने उपाय : 

टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउने । नुहाउनुभन्दा पहिला तेल लगाउने । धेरै घाममा खाली टाउको नबस्ने । सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने । धेरै चाया परेको छ भने दिनदिनै नुहाउने । राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने । सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(टिचिङ अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलीसँगको कुराकानीमा आधारित)