ljZj zflGt :t"k v'nf kf]v/f, !@ k'; M kf]v/f dxfgu/kflnsf–@@ k'DbLe'DbLl:yt cgb'8fF8fsf] dLg y'DsLdf /x]sf] ljZj zflGt :t"k . sf]le8– !( sf sf/0f gf} dlxgfb]lv aGb :t"k cfOtaf/b]lv ;j{;fwf/0fsf nflu v'nf . t:jL/ M /flwsf sF8]n÷/f;;

समाचार

पर्यटकलाई निम्तो बाँड्न देश भ्रमणमा पोखरेली व्यवसायी

By खबरहब

February 21, 2022

पोखरा– कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।

‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पुर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाइ सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’

कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’

टोली बुटवलबाट भैरहवा पुगेको छ । त्यहाँबाट हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि ‘जाउँ है पोखरा’ अभियान सन्चालन गर्दै आएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।