मुख्य समाचार

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

By खबरहब

February 21, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको जनाएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको पनि बताए ।

उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।