समाचार

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

By खबरहब

February 21, 2022

काठमाडौँ– सरकार र आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघबीच सहमति भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहित गठन भएको कार्यदलले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा गर्ने विषयमा मन्त्रालय र महासंघ सहमत भएका छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र महासंघकी अध्यक्ष कमला देवी तुलाधरसहितको टोलीबीच आज प्रतिवेदनलाई कानुनसम्मत ढंगले लागू गर्ने विषयमा छलफल भएको थियो । जसमा शिक्षामन्त्री पौडेलले प्रतिवेदनलाई कार्यान्वयनमा लैजान सहमति जनाएका छन् ।