मुख्य समाचार

अखिल क्रान्तिकारीबाट प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

By खबरहब

February 21, 2022

काठमाडौँ– एमसीसीको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुतला दहन गरेको छ ।

सोमबार अखिल क्रान्तिकारीले गरेको प्रदर्शनका क्रममा गृहमन्त्री खाँणको पुतला दहन गरिएको हो ।

आइतबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सोमबार अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले माइतीघर मण्डला, नयाँ बानेश्वरसहित स्थानमा प्रदर्शन गरेका हुन् ।