समाचार

बैतडीमा टिपर दुर्घटना हुँदा तीन विद्यार्थीसहित चार जनाको मृत्यु

By खबरहब

February 21, 2022

बैतडी– बैतडीको झालीमालीमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार पाटन नगरपालिका–३ झालीमालीमा टिपर दुर्घटना हुँदा स्थानीय सिगास मावि गौरीशंकर पोखरीका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन–३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी

कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।

टिपरमा चालकसहित ९ जना सवार थिए । टिपर करिब २ सय मिटर तल खसेको छ । चालक फरार छन् ।

बा.३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो ।