फाइल तस्बिर

समाचार

नेपाल बारको निर्वाचन आगामी चैत १९ गते

By खबरहब

February 21, 2022

काठमाडौँ– नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ ।

बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ ।

निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ ।

वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेको हुनाले नयाँ कार्यसमितिको निर्वाचन तय भएको हो ।