समाचार

उदयपुरको कटारीमा एक जनाको शव फेला

By खबरहब

February 21, 2022

उदयपुर– उदयपुरको कटारीमा एक जनाको शव फेला परेको छ ।

सोमबार कटारी नगरपालिका–८ टोड्के १४ किलो भन्ने ठाउँमा ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

घाँस दाउराका लागि जंगल पसेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले हुलियासहित तस्बिर सार्वजनिक गरेको छ ।