समाचार

देशको सबैभन्दा होचो ठाउँ मुखियापट्टीमा भ्युटावर बन्ने

By खबरहब

February 21, 2022

धनुषा– मधेश सरकारले देशको सबैभन्दा होचो ठाउँ धनुषाको मुखियापट्टी मुसहरनियामा भ्युटावर निर्माण गर्न लागेको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ को बेलहीमा मधेश सरकारले ९० फिटको भ्युटावर बनाउन लागेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले जनाएका छन् ।

भ्युटावर, पिकनिक स्पट, बासस्थानसहित अन्य पूर्वाधार निर्माणका लागि १४ कठ्ठा जमिन छुट्याइएको छ ।

करिब ७ करोड खर्चिएर निर्माण हुन लागेको भ्युटावरसहितका संरचना तीन वर्षमा बनाइसक्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

देशकै होचो ठाउँ भएकाले पर्यटकका लागि गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ ।

यसैबीच, सोमबार नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, मन्त्री यादवसहित प्राविधिक टोलीले यस क्षेत्रको अनुगमन गरेको छ ।