सांकेतिक तस्बिर

समाचार

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

March 21, 2022

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको से १ ख १२४२ नम्बरको मिनी ट्रक गएराति सडक नालीमा पल्टिएको हो।

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार रहेका छन्।