राजनीति

ब्युँतिएको एक महिनामै राप्रपा नेपाल ७७ जिल्लामा विस्तार

By खबरहब

March 21, 2022

काठमाडौँ – कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिना पूरा भएको छ ।

यो अवधिमा ७७ वटै जिल्लामा पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले अभिलेख बुझाएको छ ।

राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको निमित्त देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।

उनले भने, ‘७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको छ, काठमाडौँस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेस गरिएको छ । अब राप्रपा नेपाल दुबोसरि मौलाउने छ ।’