फाइल फोटो

राजनीति

प्रधानमन्त्री देउवा आज मोरङ र खोटाङ पुग्ने, उद्‍घाटन र शिलान्यास कार्यक्रम

By खबरहब

March 21, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।

उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने छन्।