राजनीति

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

By खबरहब

March 21, 2022

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन टोली चीन गएका हुन् ।

एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन प्रस्थान गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पौडैलसहित नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साताको चीन भ्रमणमा गएका हुन् ।