फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेन आक्रमणमा चीनले रुसलाई नसघाउने

By खबरहब

March 21, 2022

काठमाडौं- अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको आक्रमणमा रुसलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा अमेरिकाका लागि चिनियाँ राजदूत चिन गाङले चीनले रुसलाई नसघाउने बताएका हुन् ।

उनले संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने समेत बताए । चीनले जारी युक्रेन आक्रमणमा रुसलाई सहयोग गरे नराम्रो परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ राजदूतको यस्तो भनाई आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेको भन्ने समाचार आएको थियो । यद्यपि ति समाचारलाई  ‘गलत  सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेको आरोप लाग्ने गरेको छ ।

पश्चिमा मुलुकबाट आइरहेको सार्वजनिक निन्दाले सहयोग नगर्ने र द्वन्द्व समाधानका लागि राम्रो कूटनीति आवश्यक रहेको उनको भनाइ छ ।