तस्वीर- एपी

अन्तर्राष्ट्रिय

जेलेन्स्कीको चेतावनी – पुटिनसँग वार्ता विफल भए तेश्रो विश्वयुद्ध

By खबरहब

March 21, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्ता असफल भएको खण्डमा त्यसले तेश्रो विश्वयुद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका फरिद जकारियालाई दिएको अन्तरवर्तामा जेलेन्स्कीले यस्तो चेतावनी दिएका हुन् ।

‘म उनीसँग वार्ताका लागि तयार छु, म पछिल्ला दुई वर्षदेखि तयार थिएँ । र मेरो विचारमा छलफलबिना हामी यो युद्ध अन्त्य गर्न सक्दैनौँ ।’ उनले भने, ‘मलाई लाग्छ, छलफलको सम्भावनाका लागि, पुटिनसँगको कुराकानीका लागि हामीले हरेक प्रारुप, हरेक अवसरको सदुपयोग गर्नुपर्छ ।’

‘तर, यदि यस्तो प्रयास असफल हुन्छ भने यसको अर्थ तेश्रो विश्वयुद्ध हुनेछ ।’ उनले चेतावनी दिए ।

गत फेब्रुअरी यता रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । रुसी आक्रमणले गर्दा युक्रेनमा भयावह मानवीय संकट उत्पन्न भएको छ भने दशौँ लाख शरणार्थी छिमेकी देश जान बाध्य भएका छन् ।