तस्वीर- इपीए

अन्तर्राष्ट्रिय

बेल्जियममा जात्रामा सहभागीलाई कारले किच्दा ६ जनाको मृत्यु

By खबरहब

March 21, 2022

काठमाडौं– बेल्जियममा मानिसहरको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ । बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो ।

परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ । घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

शहरका मेयर ज्याक्स गोबेरले जनाएअनुसार उक्त जात्रामा १५०–२०० जना सहभागी थिए । तीब्र गतिको कारले जात्रामा मानिसहरूलाई किच्दै १ सय मिटर परसम्म पुगेको बताइएको छ ।

घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएपनि घटना आतङ्कवादी आक्रमण भने नभएको प्रहरीले जनाएको छ । कारचालक र कारमा सवार केही मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएपनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।