सांकेतिक तस्बिर

समाचार

चैत मसान्तभित्र हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

By खबरहब

March 21, 2022

सिरहा– सिरहा जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र आफूसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई यही चैत मसान्तभित्र आफूसँग भएका हातहतियार तथा गोलीगठ्ठा प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् ।

तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीयो कवारीले सचेत गराएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी सिरहा जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सूचना जारी गरेको हो ।