मनोरञ्जन

शाहविरुद्धको अनुसन्धान सकियो

By खबरहब

March 21, 2022

काठमाडौँ- गत फागुन १५ गतेदेखि नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।

अनुसन्धान सकेर तनहुँ प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको छ ।

’आइतबार नै हामीलाई प्रहरीले राय बुझाउनु भएको हो,’जिल्ला सरकारी वकिलका एक कर्मचारीले भने ,’आज या भोलि मुद्दा दर्ता हुँदैछ ।’ प्रहरीले अनुसन्धान थालेको २१ दिन पछि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो ।

शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको थियो।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।