समाचार

थप ४५ जनामा कोरोना संक्रमण

By खबरहब

March 21, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने १४७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ ।