समाचार

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

By खबरहब

March 21, 2022

ताप्लेजुङ– भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ ।

सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड १० लाख नेपाल रुपैयाँको लागतमा दुई तले भवनको निर्माण भएको हो ।