तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने

By खबरहब

March 21, 2022

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी हमलाको चपेटामा परेको युक्रेनको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमण गर्न लागेका हुन् ।

उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र जोखिम जाँच गर्न अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । सुरक्षाको अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरुमा जनाइएको छ ।

यद्यपि उनले युक्रेन भ्रमण गर्ने समयतालिका भने सार्वजनिक गरिएको छैन । गत फेब्रुअरी २४ देखि रुसले आक्रमण थालेयता किभमा नियमितजसो गोलाबारी र हवाई आक्रमण हुँदै आएका बेला जोनसनले युक्रेनको भ्रमण गर्न लागेको समाचार आएको हो ।

केही दिनअघिमात्रै पोल्याण्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरुले रेलमार्गको यात्राबाट किभ पुगेका थिए ।