तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा व्यापारीको ‘रहस्यमय’ हत्या

By खबरहब

March 21, 2022

काठमाडौं– अफगानिस्तानमा एकजना व्यापारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएअनुसार इब्राहिम नाम गरेका व्यापारीको दक्षिण अफगानिस्तानको वाशेर जिल्लास्थित पिरावाद क्षेत्रमा हत्या भएको हो ।

उनको हत्या ‘रहस्यमय’ रहेको जनाइएको छ । यद्यपि हत्याको कारण र हत्याराको पहिचान भने खुलाइएको छैन ।

गत वर्षको अगष्ट महिनामा अफगान सरकार पतन भई लडाकु समूह तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हिंसाका घटना बढ्दै गइरहेको बताइएको छ ।

तालिबानको शासनमा विदेशी नागरिक सहित महिला एवम् अल्पसंख्यकहरुमाथिको दमन र विभेद बढिरहेका बेला अफगानिस्तानमा व्यापारीको हत्या भएको हो ।