फाइल फोटो

समाचार

एमसीसी नेपालको विकासका लागि होः प्रधानमन्त्री देउवा

By खबरहब

March 21, 2022

खोटाङ– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको विकासका लागि भएको बताएका छन् ।

सोमबार खोटाङमा माटरेबल पक्की पुलको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीलाई राष्ट्रघाती भनेर प्रचार गर्ने काम भए पनि यो नेपालको हितमा र विकासका लागि भएको बताएका हुन् ।

उनले एमसीसी कुनै पनि किसिमबाट राष्ट्रको हितविपरीत नभएको पनि दाबी गरे ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी पास भइसकेकाले देशमा विद्युत्को उत्पादन बढ्ने र देशको आर्थिकस्तरमा वृद्धि हुने दाबी गरेका छन् ।

५ करोड ६० लाख १० हजार ५ सय ४५ रूपैयाँमा निर्मित मोटरेबल पक्की पुलको २०७६ असार ११ गतेबाट निर्माण थालिएको थियो । पुलको लम्बाई ४० मिटर छ ।