फाइल फोटो

राजनीति

कम्युनिष्टहरू अपरिपक्व भएः नेता सिंह

By खबरहब

March 21, 2022

हटौंडा– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरू अपरिपक्व भएको टिप्पणी गरेका छन् ।

हटौंडामा सोमबार नेपाली काँग्रसको बागमती प्रदेशको तेस्रो बैठकमा नेता सिंहले कम्युनिष्टहरु अपरिपक्व भएकाले अहिले जनता काँग्रेसको पक्षमा आएको बताएका हुन् ।

करिब दुई तिहाइ मत पाएका कम्युनिष्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रदर्शन गरेकाले जनताले उनीहरूलाई मत नदिने उनको दाबी छ ।

एमसीसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए ।

नेता सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने स्पष्ट पारेका छन् ।