खेलकुद

एन्जर्समाथि पीएसजीको सहज जित, उपाधिका लागि पर्खनु पर्ने

By खबरहब

April 21, 2022

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३-० गोल अन्तरले हराएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा एमबाप्पे सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा रामोसले अग्रता दोब्बर पारे ।

खेलको ७७ औं मिनेटमा मार्क्विन्होसले गोल गरेका थिए । जितसँगै ३३ खेलमा ७७ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

उपाधि जित्न भने पीएसजीलाई अर्को खेल कुरेको छ । दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि पीएसजीले उपाधिका लागि कुर्नु पर्ने भएको हो ।