समाचार

सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

By खबरहब

April 21, 2022

काठमाडौँ- ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । घटनामा ६ जना घाइते भएका थिए।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।