तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अढाई वर्षे भारतीय बालिकाद्वारा ७२ चित्र बनाएर कीर्तिमान

By खबरहब

April 21, 2022

काठमाडौं– भारतको उडिसा रज्यको राजधानी भुवनेश्वरकी अढाई वर्षे बालिकाले सबैभन्दा धेरै चित्र बनाएर कीर्तिमान राखेकी छिन् ।

अढाई वर्षे अन्भी विशेष अग्रवालले ७२ चित्र बनाएर सबैभन्दा धेरै चित्र बनाउने बालबालिकाको कीर्तिमान बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनी वर्ल्ड बुक अफ रेकर्ड्स र इण्डिया बुक रेकर्ड्समा समेत नाम लेखाउन सफल भएकी छिन् ।

भर्खरै हिड्न थालेकी उनले ९ महिनाको उमेरबाट चित्र बनाउन थालेको बताइएको छ । उनले चुम्बक, पेण्डुलम, रंगचक्रजस्ता ३७‍ भन्दा धेरै विधिको प्रयोग गरी ती चित्रहरु बनाएको एएनआईले जनाएको छ ।

यसअघि उनले २१ महिनाको उमेरमा विदेशी (स्पेनी) भाषा सिकेर अर्को पनि कीर्तिमान बनाएको बताइएको छ ।

एएनआईसँग बोल्दै उनकी आमाले भनिन्, ‘कोरोना भाइरसका बेला बच्चालाई एकै समयमा व्यस्त बनाउनु र पढाउन निकै गाह्रो थियो । उनका लागि सामानको बन्दोबस्त गर्न पनि कठिन थियो, तैपनि उनको लगनशीलता र सिक्ने चाहनाका कारण उनले केबल अढाई वर्षको उमेरमा कीर्तिमान बनाउन सफल भएकी छिन् ।’