फाइल तस्वीर

अन्तर्राष्ट्रिय

जग्गा अधिग्रहणको विषयलाई लिएर पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

By खबरहब

April 21, 2022

काठमाडौं– पाकिस्तान प्रशासित कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तानमा सरकारले चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनाका लागि जग्गा अधिग्रहण गरेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

इस्लाम खबरले जनाएअनुसार आफ्नो पुख्र्यौली जमिन उक्त परियोजनाको सुरक्षाका लागि भन्दै पाकिस्तानी सेनासँग सम्बन्धित निजी ठेकेदारहरुलाई दिइएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् ।

प्रदर्शन गिल्गिट बाल्टिस्तानको थक दास र मकपुन दास क्षेत्रमा केन्द्रित रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले निजी ठेकेदारहरुलाई दिइएको लाइसेन्स खारेज गर्नुपर्ने माग गरेको जनाइएको छ । प्रदर्शनकारीले सो क्षेत्र भारत र पाकिस्तानबीच विवादमा रहेकाले स्थानीयको अनुमतिबेगर पाकिस्तान सरकारसँग आफ्नो जमिन खोस्ने कुनै पनि अधिकार नरहेको समेत बताए ।

यता पाकिस्तान सरकारले भने सेनाविरुद्ध प्रदर्शन गरेको भन्दै २ सय धेरै जनाविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।