समाचार

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई

By खबरहब

May 21, 2022

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई भेट गरेकी छिन् ।

अधिकारकर्मीद्वय मुस्कान र भूमिकालाई जियाले शुक्रवार भेटेकी हुन् ।

तेजाब हमला अन्त्यका लागि भूमिका निभाएकी मुस्कान र श्रेष्ठलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ र २०२२ मा अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार दिएको थियो ।

उपविदेशमनत्री जिया आज काठमाडौं आएकी हुन् । उनलाई दिउँसो अन्तर्राष्टिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङ्गालले स्वागत गरेका थिए ।

जियाले अपराह्न काठमाडौंस्थित तिब्बती शरणार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।