ब्रेकिङ स्टोरी

हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित

By खबरहब

May 21, 2022

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ ।

बागमती प्रदेशको राजधानी समेत रहेको उपमहानगरमा नेकपा (एस) की मीना कुमारी लामा मेयर पदमा निर्वाचित भएकी हुन् ।  उनले २३ हजार ७५ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अनन्त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे भने तेस्रो भएका राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरे ।

त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे । त्यस्तै, उनकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् ।

त्यस्तै, तेस्रो भएको राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८३ मत प्राप्त गरिन् ।