फाइल तस्वीर

ब्रेकिङ स्टोरी

पोखराको मेयरमा कलमको अग्रता कायमै : उपमेयरमा एमाले पछि पर्‍यो

By खबरहब

May 21, 2022

काठमाडौं– कास्कीको पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले तीन हजार बढी मतान्तरले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार आचार्य २९ हजार ८०७ मतसहित प्रतिस्पर्धी भन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाको मत २६ हजार ३ सय ७५ मत छ । कलम चुनाव चिह्न भएका आचार्य एमालेका थापा भन्दा तीन हजार ४३२ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालको भने जम्मा तीन हजार १४५ मत रहेको छ ।

पोखरामा उपप्रमुख पदमा भने एमालेले अग्रता लिइरहेको छ । उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । रानाभाटले ३० हजार २६० मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ ३० हजार हजार १७६ मतसहित पछ्याइरहेकी छन् ।