देश/प्रदेश

वीरगञ्जमा राजेशमानको अग्रता उस्तै, उपमेयरमा कांग्रेस अगाडि

By खबरहब

May 21, 2022

पर्सा – वीरगन्ज महानगरपालिकामा शनिबार बिहान ७ बजेसम्म ५० हजार ४३ मत गणना सकिएको छ।

निवर्तमान मेयर विजयकुमार सरावगीलाई सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले २६ हजार ५८ मत ल्याएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सरावगीको १३ हजार ५०८ मत मात्रै आएको छ । उनी फागुन अन्तिममा मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसपछि यस निर्वाचनमा एमालेले उनलाई नै नगर प्रमुखको उम्मेदवार बनाएको हो । राप्रपाका गिरिश गिरीको भने एक हजार ६२९ मत छ ।

उममेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले १८ हजार ४६ र लोसपाका पुरुषोत्तमलाल झाले ४ हजार र राप्रपाका विना जयसवालले २९४० मत पाएका छन् ।

हालसम्म महानगरपालिकाका १७ वडाको मत गणना सम्पन्न भएको छ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।