देश/प्रदेश

कास्कीका चार गाउँपालिका अध्यक्षले एकसाथ लिए शपथ

By खबरहब

May 21, 2022

पोखरा – कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शपथ खुवाए ।

३० वैशाखमा सम्पन्न निर्वाचनबाट कास्कीको मादी र माछापुच्छ्रेमा कांग्रेस तथा अन्नपूर्ण र रुपामा एमालेको नेतृत्व निर्वाचित भएको छ । रुपाका नवराज ओझा, मादीका देवीजंग गुरुङ, माछापुच्छ्रेका मीनबहादुर गुरुङ र अन्नपूर्णका विष्णु केसीले शपथ लिएका हुन् ।

उनीहरुले आजै उपाध्यक्षहरुलाई र गाउँसभाका सदस्यहरुलाई शपथ खुवाएका छन् भने केहीमा पदस्थापनसमेत भैसकेको छ ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।