देश/प्रदेश

बागमती अध्यक्षमा दोहोरिए माओवादीका घलान

By खबरहब

May 21, 2022

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।

घलानले ७ हजार ३८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् । उनीहरुबीचक मतान्तर १ हजार २१८ मत हो ।

उपाध्यक्ष पदमा ७ हजार ९३५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका फणिन्द्र कुमार तिमल्सिना विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरिन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।