ब्रेकिङ स्टोरी

काठमाडौंमा बालेनले ३३ हजार मत कटाए : स्थापित र सिंहको मतअन्तर ११३ मात्रै

By खबरहब

May 21, 2022

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार मत कटाएका छन् ।

पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३३ हजार २६० मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने १७ हजार ६९२ मत ल्याएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १७ हजार ५७९ मत ल्याएकी छिन् । स्थापित र सिंहको मतान्तर ११३ मात्र रहेको छ ।

महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतसहित अगाडि छन् । एक साताअघिदेखि सुरु भएको मतगणना जारी छ ।